नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो लागेर २ हजार ४७० दशमलव ३९ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ९ दशमलव ५२ अङ्कले ओरालो लागेर ४४४ दशमलव ८८ मा सिमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कुल १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर रु ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ मूल्यमा खरिद बिक्री भएका छन् ।

jutta mela

नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त ८ दशमलव ८१, अप्पर स्याङ्गे हाइड्रोपावर ७ दशमलव ८३, एनआइबिएल ग्रोथ फन्ड ४ दशमलव ८५, इन्ग्वा हाइड्रोपावर ४ दशमलव १४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले ४ दशमलव ०८ प्रतिशतले कमाएका छन् ।

हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स ८ दशमलव ७४, बुद्धभूमि नेपाल हाइड्रोपावर ७ दशमलव ९६, श्वेतगङ्गा हाइड्रोपावर ७ दशमलव ६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ७ दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

You might also like

Comments are closed.