विश्व स्कुल दूध दिवस : ज्ञान स्कुलमा जनचेतनामुलक कार्यक्रम

काठमाडौं । नेपाल डेरी एसोसिएसनले विश्व स्कुल दूध दिवसको अवसरमा दिव्य ज्ञान स्कुल डल्लु काठमाडौंंमा जनचेतनामूलक कार्यक्रम गरेको छ । दिवसको छैठौँ दिन मंगलवार विद्यार्थी तथा शिक्षक, कर्मचारीलाई दूध सेवनको महत्व, दूध दिवस सम्बन्धी जानकारी दिइएको छ । यस कार्यक्रममा करिव ५ सय विद्यार्थीले सहभागीता जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दूध पूर्ण पौष्टिक आहार भएकाले बालबालिकाले नियमित रुपमा बिहान बेलुका दूध पिउनुपर्ने, नियमित दूध सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने, दूधबाट बनेका परिकार, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका सबैले बुझ्नुपर्ने बताए ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दूध पौष्टिक तत्व पाइने भएकाले पौस्टिक आहारको रुपमा दूध नियमित सेवन गर्न अनुरोध गरेका छन् । विश्व स्कुल दूध दिवसको अवसरमा विद्यालयमा गरिएको जनचेतनामूलक कार्यक्रमले सकारात्मक प्रभाव पारेको उपाध्यक्ष दिपप्रसाद धमलाले जानकारी गराए । विद्यालयमा गएर कार्यक्रम गर्दा दुग्ध क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको एसोसिएसनका केन्द्रिय महासचिव हेमचन्द्र खनालले बताए ।

jutta mela

एसोसिएसनले विद्यालयमा गरेको यस कार्यक्रमप्रति खुशी व्यक्त गर्दै एन. प्याब्सनको तर्फबाट उपाध्यक्ष डम्बर कार्कीले धन्यवाद दिएका छन् । साथै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर ल्याउन अनुरोध गरेका छन् । एलिजा सापकोटा र कक्षा १० का विद्यार्थीले नृत्य प्रस्तुत तथा कविता वाचन गरेर कार्यक्रममा सहभागी अतिथिलाई स्वागत गरेका थिए ।

कार्यक्रममा एसोसिएसनका केन्द्रिय सदस्य शिव घिमिरे, रमेश सन्जेल, बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरे, सचिव श्याम घिमिरे, केन्द्रिय कोषाध्यक्ष एवं अप्टिमिष्ट नेपालका गभर्नर प्रतापबहादुर थापा, युरेका स्कुलका प्रधानाध्यापक प्रबोध प्रभाकर रिजाल, एन प्याब्सन बागमती प्रदेशका अध्यक्ष नारायण कर्म कार्की, उपाध्यक्ष गणेशबहादुर श्रेष्ठ, काठमाडौं एन. प्याब्सनका उपाध्यक्ष माधव अधिकारी, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरपियरसका सचिव एवं पत्रकार सरोज ओझा, पत्रकार एवं डेरी व्यवसायी उद्योगी सहभागी थिए ।

यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दुध दिवस ‘नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’ भन्ने नारासहित मनाइदैछ । गत असोज ३ गतेबाट सुरु भएको दिवस सप्ताहव्यापी रुपमा विभिन्न विद्यालयमा पुगेर जनचेतनामुलक तथा दूधपान कार्यक्रम गरिएको एसोसिएसनले जनाएको छ । सप्ताहव्यापी रुपमा सुरु भएको विश्व स्कुद दूध दिवस एक समारोहका बीच आज मनाइदैछ ।

You might also like

Comments are closed.