तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

तनहुँ । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९/८० को तुलनामा रु ६ करोडले बढी हो । गत आवमा रु ३० करोड २१ लाख ४९ हजार ४३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सङ्कलित रकममध्ये रु १२ करोड ८६ लाख ६७ हजार ९७४ सङ्घीय सञ्चित कोषमा, रु ४ करोड ९५ लाख ७५ हजार २८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने बाँकी रु १८ करोड १३ लाख ८ हजार ९७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ ।

jutta mela

जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व सङ्कलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ । कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो ।

बंैक तथा वित्तीय सङ्घसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट उल्लेखनीय राजस्व सङ्कलन बढ्नुको अर्को कारण हो । रासस

You might also like

Comments are closed.