सिटी वालेटले गर्यो चाडपर्व लक्षित आकर्षक क्यासब्याक घोषणा

काठमाडौं । सिटी वालेट प्रालिले दशै, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावको घोषणा गरेको छ । नेपालको सबैभन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याक घोषणा गरेको हो ।

रु ५ हजार भन्दा बढी रकमको रेमिटान्स सिटीपे वालेटमार्फत प्राप्त गर्दा सिटीपे प्रोमो कोड प्रयोग गरी रु २ सय रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटेन्स भूक्तानीमा पहिलो १८ जना ग्राहकलाई रु ५ सय बराबरको वोनस गरी कुल ७ सय सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीवाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै दशै तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गर्ने भएको छ । आन्तरिक उडान बुकिङमा ग्राहकले सिटीपे एपमार्फत उडान बुक गर्दा फ्लाईट २०० प्रोमोकोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

jutta mela

“यी आकर्षक अफरहरु चाडबाडको समयमा हाम्रो ग्राहकलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो, दशै, तिहार र छठको समयमा हाम्रो ग्राहकलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौं, हाम्रो लक्ष्य भनेको ग्राहकलाई चाडको अवसरमा खुशी र सुविधासहित मनाउन सहयोग गर्नु हो” सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले भने ।

यस अफरको फाईदा लिन सिटीपे https://onelink.to/6c5dbt मा गएर आफ्नो सिटीपे वालेट दर्ता गरी रेमिट भूक्तानी प्रक्रिया पुरा गर्न सकिन्छ । सिटीपे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर, कुमारी रेमिट, नविल रेमिट, सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिट लगायतका रेमिट भूक्तानी गर्न सकिन्छ । यो योजना सिमित अवधिका लागी रहनेछ ।

सिटी वालेटको बारेमाः
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले प्रवर्धित सिटी वालेट प्रालि स्थापनाको निकै छोटो समयमा ग्राहकमाझ लोकपिय्र डिजिटल वालेटको रुपमा स्थापित ब्राण्ड रहेको छ । विशेषत रेमिटेन्सको कार्यक्षेत्रमा जोड दिदै लाखौं ग्राहकलार्ई डिजिटल भुक्तानी सेवा लिनको लागि अत्यन्तै सहयोगी साबित भइसकेको छ ।

सिटीपे वालेटबाट आफ्नो घरैमा बसेर वालेटमै रेमिटेन्स प्राप्त गर्न, सरकारी तथा अन्य बिल भुक्तानी, मोबाइल टपअप, बैंक ट्रान्सफर, वालेट ट्रान्सफर, फ्लाईट बुकिङ, क्यु आर पेमेन्ट जस्ता कार्य गर्न सकिन्छ ।

You might also like

Comments are closed.