विश्व स्कुल दूध दिवस : जनज्योती माविमा दूधपान कार्यक्रम

काठमाडौं । विश्व स्कुल दूध दिवसको अवसर पारेर नेपाल डेरी एसोसियसन जिल्ला समिति सिन्धुलीको आयोजनामा दूधपान कार्यक्रम भएको छ । एसोसिएसनले जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा बुधवार दूधपान कार्यक्रम गरेको हो ।

यस विद्यालयमा अध्ययनरत करिव १ हजार विद्यार्थीलाई दूधपान गराइएको छ । नेपाल डेरी एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दूध दिवस मनाउन अनुरोध गरेअनुरुप सिन्धुलीमा आज दूधपान कार्यक्रम भएको हो ।

jutta mela

नेपाल डेरी एसोसियसन जिल्ला समिति सिन्धुलीका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले दूधलाई अमृतको संज्ञा दिदै नियमित दूध तथा दुग्धजन्य पदार्थको उपभोग सेवनमा जोड दिन अनुरोध गरेका छन् । विद्यार्थीले बजारमा पाइने विभिन्न जङफुडको सट्टामा दूध तथा दुग्धजन्य पदार्थलाई प्राथमिकता दिन आग्रह गर्दै नगर प्रमुख पोखरेलले जन्मदेखि मृत्यु पर्यन्त दूधको महत्त्वबारे जानकारी दिए ।

कार्यक्रममा पशु सेवा कार्यालयका निमित्त प्रमुख नवराज थापा, कमलामाई नगरपालिका पशु शाखा प्रमुख डा.रोशन कोईराला, विद्यालयका अध्यक्ष जनक ढकाल, प्रधानाध्यापक योगेन्द्र अधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी, एसोसियसनका पदाधिकारी तथा सदस्य, दुग्ध सहकारी, दूध सङ्कलन केन्द्रका प्रमुख तथा प्रतिनिधि, स्थानीय सहभागी थिए ।

यसवर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दूध दिवस ‘नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’ भन्ने नारासहित मनाइएको छ । गत असोज ३ गतेदेखि दैनिक कार्यक्रम गरी सप्ताहव्यापी रुपमा विभिन्न शैक्षिक संस्थामा दूधपान तथा जनचेतनामूलक कार्यक्रम गरेको एसोसिएसनले जनाएको छ ।

You might also like

Comments are closed.