फोनलोनसँगको सहकार्यमा हाम्रो बजारले सुरु गर्यो ‘बाइ नाउ, पे लेटर’

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ ।

फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ । अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्नेछन् । किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने हाम्रो विश्वास छ ।

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताले किस्ताबन्दीको सुविधा आ–आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन् । हाम्रो बीएनपीएलमार्फत ग्राहकले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सकिने बताइएको छ ।

jutta mela

हाम्रो बजारको हाम्रो बीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताले छनोट गर्न सक्छन् । आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सकिने भएको छ ।


‘हाम्रो बीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन, यो नेपाली उपभोक्ताका लागि इ–कमर्समा गेमचेन्जर फिचर हो, हाम्रो बजारसँगको सहकार्यमा ग्राहकलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्करा दिँदै तनावबिना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेका हौँ, यसले हाम्रा ग्राहकलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ,’ फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने ।

फोनलोनको बारेमाः
फोनलोन नेपालको सबैभन्दा ठूलो डिजिटल कर्जा दिने माध्याम हो । यसले योग्य प्रयोगकर्तालाई तत्काल, धितोविनै ऋण उपलब्ध गराउँछ । जसका लागि विभिन्न बैंकसँग सहकार्य गरिरहेको छ ।

हाम्रोबजारको बारेमाः
हाम्रो बजार नेपालको सबैभन्दा ठूलो मार्केटप्लेस हो । हाम्रो बजारमा विविध रेन्जका प्रडक्ट उपलब्ध छन् । भरपर्दो प्लाटफर्मको रुपमा हाम्रोबजार गुणस्तरीय सामान उपलब्ध गराउँदै उपभोक्ताको किनमेल अनुभवलाई एकदम फरक बनाउन प्रतिबद्ध छ ।

You might also like

Comments are closed.