नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर २ हजार ४८६ दशमलव ७६ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ३४ अङ्कले ओरालो लागेर ७४७ दशमलव ४५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

jutta mela

कूल १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर रु ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार विन नेपाल लघुवित्त ९ दशमलव ८५, बोटलर्स नेपाल बालाजु ५ दशमलव ०६, एसबिएल डिवेञ्चर ५ दशमलव ०५, एनआइसी एसिया डिवेञ्चर ४ दशमलव ५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले ४ दशमलव ०३ प्रतिशतले कमाएका छन् ।

ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर ७ दशमलव ६९, अपि पावर कम्पनी ७ दशमलव ४६, थ्री स्टार हाइड्रोपावर ६ दशमलव ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

You might also like

Comments are closed.