चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी

पोखरा । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ ।

पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल इभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गरेका हुन् ।

दिपल इभी सार्वजनिक गर्दै मन्त्री थापाले पोखरामा चांगानको सफलताको कामना गरेका छन् । साथै, उनले चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । दिपल इभीका ब्रान्ड एम्बास्डर नेपाल क्रिकेट संघका सचिव समेत रहेका पारस खड्काले दिपल इभी भ्यालु फर मनि भएको बताए ।

‘यसमा यति धेरै फिचरहरु छन् कि जुन अझै पनि अन्य ब्रान्डका इभीमा उपलब्ध छैन ।’ उनले भने, ‘म दिपलको पर्फमेन्सबाट पूर्ण रुपमा सन्तुष्ट छु । म पोखरालाई आफैं आएर दिपलको प्रविधि र फिचरको फस्ट ह्यान्ड अनुभव गर्न आग्रह गर्न चाहन्छु ।’

jutta mela

चांगान पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताइन् । ‘औपचारिक रुपमा पोखरामा सार्वजनिक हुनुभन्दा पहिले नै हामीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाउन थालिसकेका छौं,’ उनले भनिन् ।

त्यसैगरी, चांगान नेपालका मार्केटिंग हेड रमेश दनेखूले एमएडब्लु ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए । ‘चांगान चीनको सबैभन्दा पूरानो अटोमोबाइल कम्पनी हो, जसको १६२ वर्ष लामो विरासत छ । नेपालमा यसलाई प्रतिनिधित्व गर्न पाउँदा एमएडब्लु गर्व गर्छ,’ उनी भन्छन्, ‘नेपालमा सार्वजनिक भएको ५ महिनामै ५ सयभन्दा दिपल विक्री भएका छन् र उहाँहरु सबैजना यसको डिजाइन र टेक्नोलोजीका कारण सन्तुष्ट छन् ।’


दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन्, जसकारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

एमएडब्लु वृद्धिले अर्को साता पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ । जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् । जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने जनाइएको छ ।

साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिने र नामी इभीमा ७ किलोवाटको चार्जर पाइनेछ । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्याङ्कनमा आकर्षक उपहार रहेको छ । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सकिन्छ ।

You might also like

Comments are closed.