काठमाडौं । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पु¥याउने उद्देश्यले हिमालयन इन्टरनेशनल एक्स्पो आयोजना हुँदैछ । यही असोज १७ गतेदेखि १९ गतेसम्म घटस्थापनाका दिनबाट सुरु हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् ।
काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन लगयताका व्यापारिक कक्ष रहनेछन् ।
यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्स्पोमा हुने अध्यक्ष कपिल अधिकारीले बताए ।
नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पु¥याउने उद्देश्य रहेको उनी बताउँछन् । प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने अपेक्षा गरिएको छ । एक्स्पोमा १ सय भन्दा बढी स्टलहरु रहनेछन् ।

नेपाल हस्तकलाको प्रवद्र्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्स्पोले देश बाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ । नेपाली उत्पादनलाई विश्वबजारमा सुलभ तरिकाले पु¥याउने उद्देश्यले अमेरिकाका विभिन्न राज्यमा एक्स्पो सम्पन्न भइसकेको छ । यो एक्स्पो लगत्तै जनवरी ३१ देखि फेब्रुअरी २ सम्म लास भेगसमा र अप्रिल ४–६ मा लस एन्जलसमा आयोजना हुँदैछ । यस्तै क्यानडा, बेलायत लगायत देशमा पनि आयोजना गर्ने लक्ष्य रहेको छ ।
बिटुबी मोडलमा हुने हिमालय इन्टरनेशल एक्स्पो हस्तकला प्रदर्शनी नेपालको सबैभन्दा ठूलो प्रदर्शनी हो । विश्वका विभिन्न मुलुकबाट क्रेताहरू पनि व्यापार कक्षमा आउने गर्छन् । हिमालयन एक्स्पोले हस्तकला उद्योगको प्रदर्शन र प्रवद्र्धन गरी विश्वबजारमा चिनाउनेछ । हस्तकलासँग सरोकार राख्नेका लागि लगानी र व्यापारको अवसर सिर्जना गर्नेछ ।






Comments are closed.