सुनको मूल्य तोलामा रु १ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।

jutta mela

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु १ लाख ६० हजार ६ सयमा कारोबार भएकामा आजका लागि भने रु १ लाख ६० हजार ५ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ५ ले घटेको छ । आइतबार प्रतितोला रु १ हजार ९४५ मा कारोबार भएकामा आजका लागि रु १ हजार ९४० कारोबार हुने गरी निर्धारण भएको छ ।

You might also like

Comments are closed.