‘नमस्ते पे’ मा आकर्षक क्यासब्याक

काठमाडौं । आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकटका साथै अन्य विभिन्न सेवामा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर असोज ११ गतेदेखि कातिक ३० गतेसम्म उपलब्ध हुनेछ ।

यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, नेपाल टेलिकमका सेवाहरू जस्तैः रिचार्ज, त्यान्डलाइन, एफटिटिएच वा एडिएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ ।

jutta mela

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक हरेक टिकट र हरेक पटकको टप– अप तथा बिल भुक्तानीमा लागु हुनेछ, जसको अर्थ प्रयोगकर्ताले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

जसअनुरुप ८छण्ण्३ डायल गरेर नमस्ते पे प्रयोगकर्ताले अफलाइन सेवाको फाइदा लिन सक्छन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताले युएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

You might also like

Comments are closed.