नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा डंगोल नियुक्त

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको (ल्म्एऋ) को अध्यक्षमा डंगोललाई नियुक्त गरिएको हो ।

डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बिनोदराज आचार्यबाट गत सोमवार शपथ ग्रहण गरेकी छन् । नवनियुक्त अध्यक्ष डंगोलले खुशी व्यक्त गर्दै कम्पनीको वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणका प्रयासबाट आफू प्रेरित भएको बताइन् । कार्यक्रममा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलको समेत सहभागी थिए ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

जसअनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताले अफलाइन सेवाको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताले युएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

You might also like

Comments are closed.