नेपाल–इटाली व्यापार सम्बन्ध विस्तार गर्न अवसरको खोजी

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले कोलकातास्थित इटालीका महावाणिज्यदूत रिकार्डो डल्ला कोस्टासँग छलफल गरेको छ ।

छलफलमा नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सञ्जय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डेको नेतृत्वमा नेपाल र इटालीबीच व्यापार सम्बन्ध सुदृढ पार्ने उद्देश्यका विषयमा छलफल भएको छ ।

छलफलले उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता मुख्य क्षेत्रमा सहकार्यको महत्त्वलाई जोड दिएको छ । दुवै देशका लागि सम्भावित वृद्धि क्षेत्रहरू पहिचान गर्दै आगामी व्यापार मेला र व्यवसायिक फोरमको योजना पनि बनाइएको छ । जसले सीमापार लगानी र साझेदारीका अवसरलाई प्रोत्साहित गर्नेछ ।

दुवै पक्षले आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन साझा दृष्टिकोण पुनः पुष्टि गरेका छन् । नेपाल र इटालीबीचको द्विपक्षीय व्यापार र लगानीलाई प्रवद्र्धन गर्ने र दक्षिण एशियाली बजारमा पनि संलग्नता विस्तार गर्ने सम्भावना खोज्ने उद्देश्य राखेको छ ।

You might also like

Comments are closed.

Secret Link