पोखरामा एमएडब्लु वृद्धि ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’, नाडा अफर पाउने अन्तिम अवसर

पोखरा । दिपल, सेरेस र नामी इभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ सुरु गरेको छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा सोमबारबाट सुरु ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ बुधबारसम्म चल्नेछ ।

एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् । जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् ।

 

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन् । दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोट रिसोर्टमा बस्न पाउनेछन् ।

You might also like

Comments are closed.