नेप्से परिसूचकमा ११४ अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो । ४ दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक २ हजार ६२३ दशमलव ५६ को अङ्कमा कायम भएको छ ।

आज ३०७ कम्पनीका १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ बराबरको कारोबार भएको छ । वित्त समूह आज सबैभन्दा धेरै ९ दशमलव ७४ प्रतिशतले बढेको छ ।

jutta mela

त्यस्तै, बैङ्किङ ३ दशमलव ८३, विकास बैङ्क ५ दशमलव ४८, होटल तथा पर्यटन ५ दशमलव ९७ र जलविद्युत् ५ दशमलव ९८ प्रतिशतले बढेको छ । लगानी ६ दशमलव १०, जीवन बीमा ४ दशमलव १२, उत्पादन तथा प्रशोधन २ दशमलव १९, लघुवित्त ३ दशमलव ९८, म्युचुअल फन्ड १ दशमलव ६६, निर्जीवन बीमा ३ दशमलव शून्य ९, व्यापार ३ दशमलव ९९ र अन्य समूह ४ दशमलव ६७ प्रतिशतले बढेको छ ।

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी–५० म्युचुअल फन्डको शेयर मूल्य ३ दशमलव ८६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको रु २८ करोड ८२ लाख ८३ हजार ९५६ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको ६ लाख १२ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ ।

You might also like

Comments are closed.