काठमाडौं । दसैँको अवसरमा, टीभीएस नेपालले ‘महा–एक्सचेन्ज मेला’ को आयोजना गरेको छ । मेलामार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
असोज १५ गतेदेखि २० गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना भएको यस मेलामा ग्राहकले आकर्षक अफर, पुरस्कारका साथै विशेष दसैँ अफरको फाइदा लिन सक्नेछन् । टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकले सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीले दावी गरेको छ ।
मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।
विशेष दसैँ अफरहरूः
१) दसैँलाई दृष्टिगत गर्दै टीभीएसले उपभोक्तालाई अझ बढी फाइदा दिलाउने सोँचका साथ विशेष अफरको व्यवस्था गरेको छ ।
२) पूर्व–खरिद अफरहरूः दशैँका अवसरमा कम्पनीले खरिद गर्नुअघि नै उपभोक्ताका लागि रु ५ लाखसम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । त्यसैगरी खरिद गर्दा रु १० लाखसम्मको छुट पाउने अवसर र साप्ताहिक क्याश ब्याक अफर अन्तर्गत हरेक साता १०० प्रतिशत क्यासब्याक जित्ने अवसरपनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।
३) दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवापनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।
आकर्षक अफरहरूः
१) उच्चतम मूल्याङ्कनको ग्यारेन्टीः मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् ।
२) यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।
३) ग्यारेन्टर बिना सजिलो वित्तीय सुविधाः वित्तीय चिन्ताले पिरोलिरहनु भएको छ ? मेलामार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्नेछ । ग्राहकले ग्यारेन्टर बिना नै सजिलो वित्तीय विकल्पको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।
४) टेस्ट राइड र निश्चित उपहारः मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरुका लागि निश्चित उपहारको समेत व्यवस्था रहनेछ ।
५) छानिएका मोडलमा ० प्रतिशत ईएमआई सुविधा ः मेलामार्फत आयोजकले टीभीएसका छानिएका मोडलमा ० प्रतिशत ईएमआईको सुविधा उपलब्ध गराउनेछ ।
६) निःशुल्क सामग्रीः एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकले निःशुल्क हेलमेट, बाइक कभर र ब्याग लगायत सामग्री निःशुल्क प्राप्त गर्नेछन् । उपभोक्ताले सवारी साधन खरिद गरे देखि नै पूर्ण सुविधाको उपभोग गर्न पाउन भन्ने सोँचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।
जगदम्बा मोटर्स प्रालिको बारेमाः
जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।
Comments are closed.