काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको बडा अफर’ योजना सुरु गरेको छ । नेपालीको महान् चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर ग्राहकको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।
रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले प्रविधिको माध्यमबाट मानिसलाई नजिक ल्याउन र सम्बन्धमा न्यानोपन छर्न प्रतिबद्घ रहेको बताए । चाडपर्व भनेको आफ्ना नजिकका आफन्त, साथीभाइसँग रमाइलो गर्ने अवसर हो, यसै अवसर पारेर ‘बडा दशैं, तिहारको बडा अफर’ योजना ल्याएको उनी बताउँछन् ।

रियलमीको कुनै पनि स्मार्टफोन खरिद गरेका ग्राहक यस अफर योजनामा सहभागी हुन सक्नेछन् । सहभागी हुनको लागि ग्राहकले www.realmedashaintiharoffer.com वेबसाइटमा गएर आफुले खरिद गरेको स्मार्टफोनको IMEI नम्बर, आफ्नो पूरा नाम र मोबाइल नम्बर दर्ता गर्नुपर्ने हुन्छ । ‘बडा दशैं, तिहारको बडा अफर’ योजना असोज १५ देखि कातिक गते२२ सम्म लागु हुनेछ ।






Comments are closed.