८ औँ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ गल्कोट र महिलातर्फ धादिङ विजयी

पोखरा । ८ औँ क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेलमैदानमा सञ्चालित प्रतियोगिता पुरुषतर्फ गल्कोट स्पोर्टस् क्लब, वागलुङ र महिला तर्फ धादिङ स्पोर्टस् क्लब, धादिङले उपाधि हात पारेको छ ।

पुरुषतर्फ एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भयो । गलकोटले एपिएफलाई २५– १९, २५–२० र २५–२२ ले पराजित ग¥यो । गलकोटले उपाधिसँगै १ लाख ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा बनेको एपिएफ पोखरा ८० हजारमा चित्त बुझाउनुप¥यो । विधागततर्फ उत्कृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु विक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र केसी बन्दा सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भए ।

महिलातर्फ नदिपुर पोखरालाई ३–१ ले पराजित गर्दै धादिङ स्पोट्सले उपाधि हात पा¥यो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६–२८ ले नदिपुरलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले पुनरागमन गर्दै धादिङले उपाधि रक्षा ग¥यो । उपाधिसँगै धादिङले नगद ५० प्राप्त ग¥यो । फाइलनमा पराजित भएको नदिपुरले ३५ हजारमा चित्त बुझायो ।


विधागतर्फ उत्कृष्ट सेटर पूर्णकला खत्री, स्पाइकर पुनम सुनारी, ब्लकर अनिशा रोकामगर, डिफेन्टर सलिना गुरुङ, उदयमान जमुना गुरुङ, प्रशिक्षक विरु लामा बन्दा, निरुता शाही ठकुरी सर्वोत्कृष्ट खेलाडी बनिन् । माछापुच्छे गाउपालिकाका प्रमुख मिनबहादुर गुरुङले रेफ्रीलाई बल हस्तान्तर गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रले आगमी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकोस भन्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले खेल क्षेत्रमा भएका समस्या र चुनौतीको बारेमा जानकारी दिए । उनले एक पालिका एक खेलकुद प्रशिक्षण केन्द्रको स्थापना, नियमक निकायले खेलाडीको अभिलेखिकरण र प्रतियोगितामा आउने खेलाडीलाई पोखरामा आवासको व्यवस्थाको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल) ले सम्पूर्ण सहयोगीदाताहरु प्रति धन्यवाद व्यक्त गर्दै भलिबल खेलको विकासमा निरन्तर लागि रहने बताए । केन्द्रका सल्लाहकार जापान गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रको स्थापनाको मुल उद्देश्यमाथि प्रकाश पारे ।


कार्यक्रममा अतिथि तथा कलाकारलाई मायाको चिनो, सहयोगीलाई सम्मान पत्र, टिकटबाट उठेको रकमबाट मृगौला पीडितलाई नगद रु २५ हजार सहयोग गरिएको छ । अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)को अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई स्वागत संयोजक मनोज खड्का र सञ्चालन अशोक थापाले गरेका हुन् ।

You might also like

Comments are closed.