शाओमी नेपालको दशैं अफरः “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार”

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” घोषणा गरेको छ । यस क्याम्पेनमा ग्राहकले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् ।

यस क्याम्पेन अन्तर्गत हरेक दिन ५ जना भाग्यशाली विजेताले रेड्मी बड्स ५ ए जित्नेछन् भने ४ जना विजेताले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् । यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन १ जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप रहेको छ ।

यस रोमाञ्चक अफरमा सहभागी हुनका लागि ग्राहकले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि सो स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एस एम एस पठाउनुपर्नेछ । एसएमएस पठाउँदा MIIMEI 1 Number टाइप गरी ३६००० मा पठाउनुपर्नेछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले दशैंको उत्सवलाई अझ विशेष बनाउन ‘दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेनले ग्राहकलाई रोमाञ्चक पुरस्कारका साथै थाइल्यान्ड यात्रा गर्ने अवसर पनि प्रदान गर्ने बताएका छन् ।


साथै ग्राहकले आफ्ना लेटेस्ट मोडेलको खरिदमा रु. ४ हजार सम्मको छुट पाउँन सक्ने कम्पनीले बताएको छ । यस विशेष अफर भदौ ३० देखी कार्तिक ३० सम्म लागु हुनेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.