शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ लोकार्पण

पोखरा । शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरु’ शीर्षकको पौराणिक आख्यान पुस्तक लोकार्पण गरिएको छ ।

स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना एवम् लिलावती अध्ययन प्रतिष्ठान, पोखरा–२२ को संयोजनमा पुम्दीभुम्दीस्थित सक्रिय महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवनमा कार्यक्रम भएको हो । जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का विखर्ची, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुुर्गाबहादुर शाह ‘बाबा’, पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल लगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेलले कृतिका सर्जक बरालले मेहनतका साथ महत्वपूर्ण कृति बजारमा ल्याएको बताए । सभ्य समाज निर्माणमा यस्ता कृतिको महत्वपूर्ण भूमिका हुने उनी बताउँछन् ।

पुस्तकबारे समिक्षा गर्दै प्रा.डा.रामनाथ ओझाले पौराणिक आदर्श नारीहरू अनुुसूूया, उर्मिला, गान्धारी, दमयन्ती, मन्दोदरी, सकुन्तला, सावित्री, सीता र सुलोचनाका सम्बन्धमा पुुस्तकमा चर्चा गरिएको बताए । नारीको पतिब्रता चरित्र तथा त्यसबाट प्राप्त गरेको शक्ति, रामायण र महाभारतका पात्रलाई र वर्तमानमा आधुुनिकतातर्फ बढीरहेको हाम्रो समाजलाई पुस्तकमा प्रस्तुत गरिएको बताएका छन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का बिखर्चीले प्रतिष्ठान भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा लागेको बताए । साहित्य, कला संगीतको क्षेत्रमा राज्यको सहयोग पुुग्नुुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका २२ का वडाध्यक्ष हिमलाल बराल, शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल, पत्रकार रविन्द्र माकाजुु, कृतिका स्रष्टा शोभाकर बराल, सदस्य राजन बराल, निशान बराल लगायतले आफ्ना भनाई राखेका छन् ।

कस्केली अधिकृत समाजका सदस्य बसन्त चालिसेले चिन्ता शीर्षकको कविता वाचन गरेका थिए । स्रष्टा समाज पुम्दीभुुम्दीका कार्यवाहक अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ध्रुुबराज बरालले गरेका हुन् ।

You might also like

Comments are closed.