जेइको जेसिक्स र ओमोडा ई५ को १०० युनिट डेलिभरी एकै दिनमा सकियो

काठमाडौं । ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाको १०० भन्दा धेरै युनिटको डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

घटस्थापनाको दिन कम्पनीले यो संख्यामा गाडी डेलिभरी गरेको बताइएको छ । पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफरोड इलेक्ट्रिक एसयूभी हो । गत अगस्टमा नाडा अटो शो २०२४ को अवसरमा सार्वजनिक गरिएको बहुप्रतिक्षित जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफरोड डिजाइनका कारण छोटो समयावधिमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ ।

अफरोड ड्राइभिङमा रूचि राख्नेले गतहप्ता आयोजित डर्ट टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकमा जेइको जेसिक्सको शक्तिशाली अफरोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाएका थिए । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने पनि प्रमाणित भएको छ ।

त्यतिमात्र होइन, ओमोडा ई फाइभ (ई५) सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको छ । भर्खरै नाडा अटो शोमा ओमोडा ई५ डीएलएक्स ओमोडा ई५ लक्सको कम संस्करण हो । जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफरोड अवस्थाका लागि उपयुक्त हुने गरी डिजाइन गरिएकाले नेपाली अफरोड पारखीको लागि उचित रोजाई बनेको छ ।

jutta mela

२७१५ एमएमको ह्विलबेस, १८(वा १९) इन्चको ह्विल तथा २०० एमएमको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो । चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८ – १२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि–क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ ।

यसको साइड–हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपतकालिन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ । जे सिक्सले डे एन्ड नाइट रियर भ्यु मिरर, ३६० डिग्री क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्दछ ।

जे सिक्सले यसको रगेड बडिसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिन्छ । जे सिक्स दुइवटा भेरिएन्टमा उपलब्ध छ । पहिलो भेरिएन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर–व्हिल–ड्राइभ । दोश्रो, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरिएन्टमा उपलब्ध छ ।

यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सीएटीएलको एलएफपी (लिथियम फेरोस फस्फेट) ब्याट्री (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाट आवर, वा ६९.७ किलोवाट आवरमा उपलब्ध छ ।) रहेको जे सिक्सले ५०१ किलोमिटरको सीएलटीसी रेन्ज प्रदान गर्दछ ।

गाडी ३० प्रतिशत देखि ८० प्रतिशत सम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसी र एसी दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् । समग्रमा, जे सिक्स एक आरामदायी, व्यावहारिक तथा नेपाली भूभागको लागि सुहाँउदो एसयूभी हो, जुन नेपाली ग्राहकहरूको प्राथमिकतामा पर्दछ ।

You might also like

Comments are closed.