भृकुटी मण्डपमा जुत्ता चप्पल मेला जारी, ग्राहकलाई बिशेष छुट

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल मेला अहिले चलिरहेको छ । यहाँ चलेको मेलामा ग्राहकको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ । नेपालीको महान् पर्व विजयादशमी तथा शुभदिपावलीलाई लक्षित गरी मेला आयोजना गरिएको हो ।

स्वदेशी ११ वटा कम्पनीहरुको आयोजनामा मेला सञ्चालन भइरहेको छ । ग्राहकले यस मेलामा जुत्ता चप्पल खरिद गर्दा ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने आयोजक सबिन कार्कीले बताए । यस मेलामा ग्राहकले सुपथ मुल्यमा आफूलाई आवश्यक पर्ने विभिन्न कम्पनीबाट उत्पादित जुत्ता, चप्पल खरिद गर्न सक्ने सुबिधा रहेको उनले जानकारी दिए ।

jutta mela

दसैंका लागि आवश्यक पर्ने जुत्ता चप्पल खरिदमा उपभोक्ता तथा ग्राहकलाई सहज होस् भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलाका अवसरमा ग्राहकले एउटै छानामुनि शिखर शू, रन शू, सिल्स शुज, बोस शुज, स्वदेश प्राइड, आइडल शुज, वान वर्ल्ड, भेनस शुज, एक्ट्रा शुज, शु ल्याण्ड, हिमानी कलेक्सन गरी ११ कम्पनीको सहभागिता छ ।

११ कम्पनीका ३० भन्दा धेरै ब्रान्डका करिब ८ हजार भन्दा बढी डिजाइनका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको छ । कम्पनीले हालै उत्पादन गरेका नयाँ डिजाइनका जुत्ता चप्पल पनि मेलामा लन्च गरिएको आयोजकले जनाएको छ ।

लेडिज, जेन्स तथा बच्चाका जुत्ता चप्पलहरु सपिङ गर्नका लागि मेला उपयुक्त गन्तव्य बन्नेछ । यस मेलाले ग्राहकले प्रत्यक्ष रुपमा फाइदा लिनेछन् ।

You might also like

Comments are closed.