रियलमीको शुन्य प्रतिशत ईएमआई अफर

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शुन्य प्रतिशत ईएमआई योजना ल्याएको छ । आफ्ना नेपाली ग्राहकलाई सुपथ मुल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ रियलमीले आफ्ना स्मार्टफोनमा विशेष फाइनान्सिङ अफर ल्याएको हो ।

jutta mela

यस अफर अन्तर्गत रियलमीका फोनहरुमा शुन्य प्रतिशत ब्याजदरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ । रियलमीको हेड अफ स्ट्राटेजी मुनिश गिरीले ग्राहकमा सुपथ मुल्यमा अत्याधुनिक प्रविधिको पहँुच पु¥याउन, शून्य ब्याजको यो नयाँ ईएमआई योजनाले ग्राहकलाई उच्च गुणस्तरका स्मार्टफोन किन्न सजिलो बनाउने बताएका छन् ।


यो अफर घटस्थापना देखि नेपालभरका आधिकारिक रियलमी डिलरमा लागु भएको छ । यस अफर अन्तर्गत रियलमीका २० हजार भन्दा माथिका फोनमा ४० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याजदरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।

You might also like

Comments are closed.