बाढी पहिरो पीडितलाई साइमेक्स इंकको ५१ लाख सहयोग

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बाढी पहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ ।

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठ लगायत सहभागी थिए ।

jutta mela

केही दिन पहिले आधिकारिक रुपमा फाउन्डेसन स्थापनको घोषणा गरिए पश्चात यो सीबीसीएफको पहिलो योगदान हो । जसले साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धतालाई दर्शाउँछ । शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन निर्माण गरिएको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले प्राकृतिक विपद पीडितसँग ऐक्यबद्धता प्रकट गर्न र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गर्न चाहने बताएको छ । साइमेक्स इंकका अध्यक्ष श्रेष्ठले साइमेक्स र बीवाईडी मिलेर नेपाल र जनतालाई आवश्यकता अनुसार सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

यस सहयोगले राष्ट्रिय आपतकालीन समयमा तुरुन्तै प्रतिक्रिया दिने सीबीसीएफको समर्पणलाई मात्र होइन, समाजमा सकारात्मक रुपमा योगदान गर्ने र दिगो तथा लचिलो समुदायलाई बढावा दिने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई समेत एकरुपता प्रदान गरेको छ ।

You might also like

Comments are closed.