पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा – ३३ उपशाखा भरतपोखरीले बडादशैंँ, दिपावली, छठ लगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य तथा जुनियर युवा समिति संयोजक रमेशराज भण्डारीले रेडक्रसका आदर्श र सिद्धान्त लगायतका विषयमा प्रकाश पारेका छन् ।उपशाखाका सभापति टुकराज भण्डारीले शाखाका गतिविधिबारे जानकारी दिए । सहभागीलाई युवराज शर्माले डेँगी रोग नियन्त्रण सम्बन्धमा सचेत गराएका छन् ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य प्रकाश कार्की, रेडक्रस सोसाइटी कास्की जिल्ला समिति सदस्य डिल्लीराम बराल, बुद्धिजीवि नन्दलाल काफ्ले, युवा समाजसेवी दिनेश आचार्य, रामजीप्रसाद अधिकारी, ई.कृष्ण प्रसाद अधिकार लगायतले रेडक्रसको प्रभावकारी भूमिका लगायतका विषयमा जानकारी दिएका छन् ।
उपशाखाका सभापति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तुलसीमणि अधिकारीले गरेका हुन् । उपसभापति शान्तिदेवी अधिकारीले स्वागत गरेको कार्यक्रममा रेडक्रसका ७ सिद्धान्त प्राप्ति भण्डारीले वाचन गरेकी हुन् ।
कार्यक्रमको अवसरमा बलबहादुर केसीको अध्यक्षतामा ११ सदस्यीय नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी गठन गरिएको छ ।
Comments are closed.