नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर २ हजार ६९० दशमलव ७२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव ३२ अङ्कले उकालो लागेर ४८३ दशमलव ७८ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज २ उपसमूहको शेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कुल १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर रु ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार, थ्री स्टार हाइड्रोपावर ९ दशमलव ९३, डोल्टी पावर कम्पनी ९ दशमलव ६८, एनआइसी एसिया फ्लेक्सी क्षप फन्ड ८ दशमलव ८०, जोशी हाइड्रोपावर ८ दशमलव ४२ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ५९ कमाएका छन् ।

यस्तै, इस्टर्न हाइड्रोपावरको शेयरमा आज नकारात्मक सर्किट लागेको छ । साथै कुमारी सबल योजना ७ दशमलव ४० प्रतिशत, विन नेपाल लघुवित्त ६ दशमलव १४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त ४ दशमलव ०७ प्रतिशत र पोखरा फाइनान्सका लगानीकर्ताले ३ दशमलव ७६ प्रतिशतले गुमाएका छन् ।

You might also like

Comments are closed.