काठमाडौं । काभे्रपलान्चोकको पनौती नगरपालिकाको १० र ११ वडाको खोपासी, ख्याकुका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सको समन्वय र सहयोगी महिला जागरण मन्च मैतिदेवीको सहयोगमा राहत वितरण गरिएको हो ।
कार्यक्रममा सहयोगी संस्थाहरु लायन्स तथा लियो क्लब अफ काठमाडांै मखमली, लायन्स क्लब अफ काठमाडांै युनाईटेड सेन्टर, लायन्स क्लब अफ माउन्ट धौलागिरी, लायन्स क्लब अफ पोखरा सर्मपण, लायन्स क्लब अफ काठमाण्डौ बनस्थली लियो क्लब अफ काठमाडांै ड्रिमल्यान्ड, लायन विष्णु श्रेष्ठ, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र अटो नेपाल, मासिक पत्रिकाको सहयोग रहेको थियो ।
हालैं आएको अबिरल बर्षाको कारण पनौतीको १० र ११ वडा, बेथानचोक गाउँपालिकाको ११० परिवार भन्दा बढि पीडित स्थानीयबासीलाई लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डका चार्टर पे्रसिडेन्ट तथा डिष्ट्रिक जेका रिजन चियरर्पसन रोशनकुमार श्रेष्ठ, अध्यक्ष बिकल श्रेष्ठ र सचिव कृष्टिना ताम्राकार लगायत विभिन्न क्लबका सदस्यको उपस्थितिमा राहत वितरण गरिएको हो ।
पनौती नगरपालिका ११ ख्याकुस्थित थुम्की रिसोर्टको समन्वयमा पहिरो पीडित परिवारलाई त्रिपाल, बाल्टिन, जग, बाटा, म्याट, साबुन र न्यानो कपडाहरु वितरण गरिएको सहयोगी महिला जागरण मन्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् । आगामी दिनमा काभ्रेको अन्य स्थानमा समेत राहत पुर्याउने कार्यक्रम संयोजक तथा रिजन चियरपर्सन, काभ्रे खोपासीका रोशनकुमार श्रेष्ठले जानकारी दिए ।
सीएफमोटो तथा जिहोको डिलर नुवाकोटमा
सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रडिङ कम्पनीले नुवाकोटमा डिलर विस्तार गरेको छ । नुवाकोटको लागि आधिकारिक डिलरको रुपमा भैरवी इन्भेस्टमेन्ट कम्पनीले शोरुम स्थापना गरेको हो ।
एक समारोहका बीच शोरुम विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा नुवाकोटका राइडरलाई समेत विभिन्न नयाँ अनुभव प्रदान गर्नका लागि यी दुई ब्रान्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा नगर प्रमुख श्रेष्ठले गरेका छन् ।
यसभन्दा पहिले सीएफमोटो तथा जिहोको नक्सालस्थित शोरुमबाट १५ राइडरले आफ्नो राइड प्रारम्भ गरेर नुवाकोटको बट्टार पुगेका थिए । उनीहरु नक्साल शोरुमबाट नुवाकोट र काठमाडौंको सिमाना शिवपुरी डाँडा हुँदै बट्टार पुगेका हुन् ।
सो अवसरमा जिहो एई६ प्लस र एई८ गरी ५ थान स्कुटर ग्राहकलाई हस्तान्तरण समेत गरिएको छ । नेपाली बजारमा सिएफमोटो एनके २५ तथा हालै भित्रिएको एमटी ४५ मुख्य आकर्षणको रुपमा रहेका छन् । त्यसैगरी जिहो एई६ प्लस र एई८ मोडल उपलब्ध छन् ।
नेपाली राइडर दीपक साह विजयी
भारतमा सम्पन्न र्याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात् रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् । उनले रोयल इन्फिल्ड हिमालयन ४११ मोटरसाइकल चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए ।
उनले (२ अक्टोबर–६ अक्टोबर) भारतमा आयोजना भएको र्याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ ।
भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।
एक कार्यक्रमका बीच हिमालयन एक्स्ट्रिम मोटरस्पोट्र्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै –याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए ।
विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोट्र्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ ।
सो (यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ । अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएका थिए, जुन बाइक स्थायित्व, कठोरता, र कठिन परिस्थितिमा प्रदर्शनको लागि परिचित छ ।
नेपालको प्रतिनिधित्व मात्र नभई विजेता समेत बनेर सफलताका साथ समापना भएको सो इभेन्टले देशमा मोटर स्पोट्र्सप्रति बढ्दो प्रतिभा र उत्साहलाई प्रदर्शन गर्ने महत्वपूर्ण चरणलाई दर्शाउछ । र्याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो, जसले संसारभरका शीर्ष राइडरलाई आकर्षित गर्दछ । यसले राइडरको सीप र मेसिनको सहनशीलतालाई पृथ्वीका केही सबैभन्दा चरम भू–भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्दछ ।
इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्दछ । जहाँ सहभागीले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकमा नेभिगेट गर्नुपर्छ । सफलता पश्चात् दीपक साहले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेको छु ।’
दीपक साहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । उनको बुवासँग सन् १(८) देखि नै रोयल इन्फिल्डको मोटरसाइकल थियो । यसकारण पनि उनमा रोयल इन्फिल्डप्रति आकर्षण बढ्यो । साहले सन् २)१७ र २)१८ मा समेत रेड डी हिमालय भाग लिएका थिए । त्यसैगरी २)२२ मा –याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २)१८ को रेड डी हिमालय र –याली अफ चाम्बाको विजयी समेत बनेका थिए ।
रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ । ४११ सीसी इन्जिनले अफरोड अवस्था, लामो दूरीको यात्रा र उच्च उचाईहरूलाई सजिलैसँग पार गर्न सक्षम छ । बाइकको भरपर्दो र आरामदायी डिजाइनले दीपकलाई हिमालयका कठोर र डर लाग्दा सडकलाई जित्न मद्दत पु¥याउनेछ ।
Comments are closed.