पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा नविन पौडेल मनोनित

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी नविन पौडेललाई मनोनित गरिएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

जेनेक्स अटोमेसनका सञ्चालक पौडेल सूचना तथा प्रविधिको व्यवसायसँगै पर्यटन लगायतका विभिन्न व्यवसायमा आबद्ध छन् ।

संघको कार्यसमिति सदस्यमा नवनियुक्त पौडेलले संस्थाको नियमलाई अवलम्वन गर्दै व्यवसायको हकहितका लागि काम गर्ने जनाएका छन् । अध्यक्ष कार्कीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहणसमेत गराइसकेका छन् ।

You might also like

Comments are closed.