गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गर्यो सत्प्रयास सिद्धि सेवाश्रमलाई आर्थिक सहयोग

ललितपुर । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सत्प्रयास सिद्धि सेवाश्रमलाई आर्थिक सहयोग गरेको छ ।

फाइनान्सले काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु पचलीघाटमा अवस्थित बाढीपहिरो प्रभावित यस सेवाश्रमको भौतिक क्षति भएकोमा सार्वजनिक हित तथा परोपकारी कामलाई प्राथमिकता दिंदै २५ हजार सहयोग गरेको जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग लगायत सहभागी थिए ।

jutta mela

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगत देखि नै सामाजिक काममा सहकार्य गर्दै आइहेकोे छ । आगामी दिनमा पनि यसैगरी सहयोग कार्यलाई निरन्तरता दिने बताइएको छ ।

संस्थाले हाल मुलुकभर २३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ सेवा जस्ता आधुनिक बैकिङ सेवा समेत प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.