काठमाडौं । एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । गत असोज ११ र १२ गते आएको बाढीपहिरो पीडितलाई गोदावरीका ५ वटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३) का करिब २ सय परिवारलाई आवश्यक राहत सामग्री वितरण गरिएको फाउण्डेसनले जनाएको छ ।
राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाहरु, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामान रहेका छन् । यी सामग्रीले प्रभावित परिवारको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिइएको छ । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीले प्रभावित वडामा पुगेर पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य रहेको एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले बताइन् । खड्काले फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरु गर्दै ग्रासरुट लेभलमा आवश्यक सहयोग पु¥याउँदै आएको जानकारी दिइन् ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले विपद्को यस कठिन घडीमा एनसेल फाउन्डेसनबाट नगरपालिकाका विभिन्न वडाका पीडितलाई आएको यो राहत एकदमै ठूलो सहयोग रहेको र अब पुर्नःस्थापनामा काम गर्नुपर्ने बताएका छन् ।
एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीच भएको साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढीपहिरो पीडितका लागि ठूलो सहयोग पुगेको छ । स्थानीय निकायले यो सहकार्यले पीडित परिवारका लागि गरेको सहयोगप्रति सहयोगदाता संस्थालाई धन्यवाद दिएको छ ।
फाउन्डेसनको यस पहलले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ । फाउन्डेसनको सामाजिक उत्तरदायित्वप्रतिको दृढ प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ । फाउन्डेसनले परिस्थितिको मुल्याङ्कन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारको पुर्नस्थापनामा पनि सहयोग पु¥याउन प्रतिबद्ध रहेको जनाएको छ ।
Comments are closed.