सेन्ट जर्ज स्कुलमा दशैँको शुभकामनासहित एसोसिएसनबाट मोही सेवन

काठमाडौं । सेन्ट जर्ज स्कुल हाँडीगाउँमा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान तथा मोही सेवन कार्यक्रम भएको छ । नेपाल डेरी एसोसिएसनले विद्यार्थीलाई शुभकामना आदानप्रदान कार्यक्रमको साथमा मोही सेवन गराएको छ ।

यहाँका विद्यार्थी तथा शिक्षक, कर्मचारी, अभिभावक गरी करिव ५ सय जनालाई मोही सेवन गराइएको नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले जानकारी दिए । नेपाल डेरी एसोसिएसनले सुरु गरेको मोही अभियान अहिले देशव्यापी छाएको छ ।

अहिले हरेक ठाउँमा हुने शुभकार्य, विवाह, भोज, भतेर, पार्टी, गोष्ठी, सेमिनार लगायत हरेक ठाउँमा अन्य पेयपदार्थ जस्तै मोहीले पनि स्थान पाउन थालेको नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रलाद दाहाल बताउँछन् । अहिले मोही अभियान सुरु गरेपछि देशभरका करिब १३ वटा उद्योगबाट महिलाले ब्रान्डिङ गरेर मोही बजारमा ल्याएको केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमलाले जानकारी गराए ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिदै उपभोग बढाउँदा यसले सबैलाई राम्रो हुने विद्यालयका प्रधानाध्यापक मेघराज बजगाईंले बताए । दशैंको शुभकामना कार्यक्रममा मोही सेवन गराउँदा बालबालिकामा मोहीप्रति आकर्षण बढ्ने शिक्षक बताउँछन् ।

विद्यार्थीले रमाउँदै मोही सेवन गर्दा उत्साहको माहोल थपिएको एसोसिएसनले जनाएको छ । विद्यार्थीलाई टिका, जमरा र दक्षिणा दिएर दशैंको शुभकामना आदानप्रदान गरिएको हो ।

lcci
You might also like

Comments are closed.