जय अम्बे स्टील्सको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । जय अम्बे स्टील्स लिमिटेडले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

साधारण सभाबाट सर्वसाधारणमा निष्काशन गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनको विशेष प्रस्ताव पारित भएपछि तोकिने साधारण शेयरहरु प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्न जय अम्बे स्टील्सले एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।

अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूला व्यवसायिक समूहमध्ये एक हो । जसको वार्षिक कारोबार ४ करोड भन्दा बढी रहेको छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । शोभाकर (हरी) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रही २०७६ मा स्थापना भएको यस जय अम्बे स्टील्सको उत्पादन क्षमता १ हजार टन प्रतिदिन रहेको छ ।

‘अम्बे’ ब्रान्ड अन्तर्गत, क्षेत्रको ८० प्रतिशत बजारलाई आपूर्ति गरी यो पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग हो । यस कम्पनीको उद्योग स्थल नेपालगञ्जमा रहेको छ । उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ ।

जय अम्बे स्टील्सले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराइरहेको छ । यस कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याएको छ । स्टील आयातको आवश्यकतालाई पनि कम गरेको छ । कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक डेब्ट मार्केटबाट पुँजी जुटाउने योजना बनाएको छ ।

सो सार्वजनिक निष्काशन प्रक्रियाका लागि निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकका आधिकारीक व्यक्तिको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

lcci
You might also like

Comments are closed.