वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ७ हजार १२० वटा मोटरसाइकल आयात भएका हुन् ।

चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमाखवीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए ।

jutta mela

चालु आवको भदौ मसान्तसम्ममा रु २ अर्ब ७ करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा भने १ अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने ९ हजार २६४ वटा मोटरसाइकल आयात भएका थिए ।

आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख ४ हजार मूल्य पर्ने १२ लाख ६५ हजार ६२७ वटा मोटरसाइकल (मोपेडसहित) को पार्टपूर्जा आयात भएका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा रु ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार ५३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।

You might also like

Comments are closed.