नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ४७ अङ्कले उकालो लागेर २ हजार ७४५ दशमलव ३६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ३१ अङ्कले उकालो लागेर ४९५ दशमलव ३० मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये ७ उपसमूहको शेयर मूल्य उकालो लाग्दा ६ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर रु ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार, गुडविल फाइनान्स ७ दशमलव ६३, एनआइसी एशिया सेलेक्ट फण्ड ६ दशमलव १९, सनराइज ब्ल्यूचिप फण्ड ६ दशमलव १४, समाज लघुवित्त ५ दशमलव १२ र रावा इनर्जीका लगानीकर्ताले ५ दशमलव १२ प्रतिशतले कमाएका छन् ।

यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावर ५ दशमलव १९, मिड सोलु हाइड्रोपावर ५ दशमलव ०३, सामुदायिक लघुवित्त ४ दशमलव ४७, नेपाल एसबिआई बैंकको ऋणपत्र ३ दशमलव ८८ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव ४१ प्रतिशतले गुमाएका छन् ।

You might also like

Comments are closed.