सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ६ सयले वृद्धि भइ रु १ लाख ६५ हजार कायम भएको छ ।
महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु १ लाख ६४ हजार चार सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा रु ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ हजार ९८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु २ हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
You might also like

Comments are closed.