रोटरी डिष्ट्रिक्ट ३२९२ ले ७ प्रदेशमा ‘पोलियो अब अन्त्य गरौँ’ अभियान सञ्चालन गर्दै

काठमाडौं । रोटरी डिष्ट्रिक्ट ३२९२ ले ७ प्रदेशमा ‘पोलियो अब अन्त्य गरौँ’ अभियान सञ्चालन गर्दै३२९२ कार्यालय थापाथली, काठमाडौंले ‘पोलियो अब अन्त्य गरौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनचेतना फैलाउन विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ । यसै सन्दर्भमा अक्टोवर २४ तारिखका दिन उपत्यकासहित ७ प्रदेशमा ‘पोलियो अब अन्त्य गरौँ’ विशेष अभियान सञ्चालन गर्ने सम्बन्धमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

२४ तारिखको दिन विहान साढे ६ बजे ललितपुरको जावलाखेलबाट वृहत साइकल र्याली गरिने भएको छ । सो साइकल रÞ्यालीको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट हुने रोटरीले जनाएको छ । देशका विभिन्न शहरमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना गरिने र सोही दिन साँझ धरहरा लगायत अन्य शहरका टावर तथा व्यापारीक भवनमा भ्ल्म् एइीक्ष्इ ल्इध् लेखिएको आकर्षक सन्देश प्रदर्शनी गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेपालमा आधिकारिक रुपमा पोलियोका विरामी छैनन् । तर हामी सधै सचेत बनिरहनुपर्छ । पछिल्लो समय काठमाडौंको ढलमा पोलियो भाइरस भेटिएको समाचार प्रकाशित भएको थियो । यसकारण पनि हामी सधै सचेत भइरहनुपर्छ ।

यसका लागि ५ वर्ष मुनीका सबै बालबालिकालाई नछुटाइ पोलियो बिरुद्धको खोप लगाउन अति जरूरी छ । यस कार्यका लागि रोटरी नेपालले नेपाल सरकारसँग नजिक रहेर काम गर्दै आइरहेको र आगामी दिनमा समेत सँगै काम गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

You might also like

Comments are closed.