टाटाको ‘टियागो.इभी धनतेरस एक्सचेङ्ग धमाका’, हरेक बुकिङ्गमा सुनको असर्फी–आइ फोन १६ प्रो

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ ।

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ । यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कात्तिक ८, ९ र १० गते टियागो इभि धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुममा आयोजना गर्न लागेको कम्पनिले जनाएको छ ।

यस मेलामा सहभागी भएर ग्राहकले टियागो इभिको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नेछन् । उल्लेखित अफरहरु धनतेरस एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ । टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो ।

टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।

You might also like

Comments are closed.