बाढीपहिरो पीडितलाई राहत वितरण

काठमाडौं । काभे्रको पनौती नगरपालिकाको १० र ११ वडाको खोपासी, ख्याकुका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सको समन्वय र सहयोगी महिला जागरण मन्च मैतिदेवीको सहयोगमा राहत वितरण गरिएको हो ।

लायन्स तथा लियो क्लब अफ काठमाडौं मखमली, लायन्स क्लब अफ काठमाडौं युनाईटेड सेन्टर, लायन्स क्लब अफ माउन्ट धौलागिरी, लायन्स क्लब अफ पोखरा सर्मपण, लायन्स क्लब अफ काठमाण्डौ बनस्थली लियो क्लब अफ काठमाडौं ड्रिमल्यान्ड, लायन विष्णु श्रेष्ठ, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र अटो नेपाल, मासिक पत्रिकाको सहयोग रहेको छ ।

हालैं आएको अबिरल बर्षाको कारण पनौतीको १० र ११ वडा र बेथानचोक गाउँपालिकाको ११० परिवार भन्दा बढि पीडित स्थानीयलाई लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डका चार्टर पे्रसिडेन्ट तथा डिष्ट्रिक जेका रिजन चियरर्पसन रोशनकुमार श्रेष्ठ, अध्यक्ष बिकल श्रेष्ठ र सचिब कृष्टिना ताम्राकार लगायत राहत वितरणमा विभिन्न क्लबका सदस्य सहभागी थिए ।

थुम्की रिसोर्टको समन्वयमा त्रिपाल, बाल्टिन, जग, बाटा, म्याट, साबुन र न्यानो कपडाहरु वितरण गरिएको सहयोगी महिला जागरण मन्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् । काभ्रेको अन्य स्थानमा समेत राहत वितरण गर्ने कार्यक्रम संयोजक तथा रिजन चियरपर्सन, काभ्रे खोपासीका रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.