बजाजले ल्यायो मोटरसाईकल साटासाटको आकर्षक योजना

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटासाटको आकर्षक योजना शुरू गरेको छ ।

यस योजना अन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटासाट गर्न सकिन्छ । हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक अभिमन्यु गोल्छाले बजाज बाइकको लोकप्रियता र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै यो योजना शुरु गरेको बताए ।

ग्राहकका लागि यस्ता नयाँ नयाँ योजना अरू पनि ल्याउने प्रतिवद्धता पनि उनले जनाएका छन् । झण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिएको छ ।

साथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यो योजना यही कात्तिक ८ गतेदेखि शुरू भएको छ ।

You might also like

Comments are closed.