लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नन्दन फाडनिस नियुक्त

काठमाडौं । लुम्बिनी लायन्सले आगामी नेपाल प्रिमियर लिगका लागि नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । गोवा क्रिकेट संघमा खेलाडीलाई प्रशिक्षण गरेका फाडनिसले यो भन्दा अगाडि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसकेका छन् ।

हेड कोच नन्दन फाडनिसले लुम्बिनी लायन्स क्लबमा हेड कोचको रुपमा समावेश हुन पाउँदा अत्यन्तै उत्साहित रहेको बताए । रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने विश्वस्त रहेको उनी बताउँछन् ।

क्लबका मालिक इश्वर जिसीले नेपाल र भारत दुवैको क्रिकेट र क्रिकेटरलाई नन्दनले राम्रोसँग नियालेको हुँदा क्लबको आगामी रणनिती तय गर्न निकै सहज हुने उनको भनाइ छ । फाडनिसको उपस्थितीले लुम्बिनी लायन्सले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ ।

You might also like

Comments are closed.