‘ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४’ सम्पन्न

‘ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४’ काठमाडौंको हयात रिजेन्सीमा सम्पन्न भएको छ । शैक्षिक जगतका साझेदार, विज्ञ, वुद्धिजीवी र अन्य विशिष्ट व्यक्ति लगायत गरी कार्यक्रममा ३ सय भन्दा बढीको सहभागीता थियो । कार्यक्रममा ग्लोबल एजुकेसनले नेपालको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

ग्लोबल एजुकेसनका प्रमुख कार्यकारी अधिकृत डा. विश्वजीत राणाले ग्लोबल एजुकेसनको विश्वव्यापी सञ्जालमार्फत नेपालको उच्च शिक्षा विकासलाई निरन्तर नयाँ उचाई पुर्याउने आफ्नो दूरगामी सोँच रहेको बताए । ग्लोबल एजुकेसनले दुबई, माल्टा, फ्रान्स, जर्मनी, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा नेपाली विद्यार्थीलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा र रोजगारीका अवसर प्रदान गरिरहेको छ ।

डा. राणाले ग्लोबल एजुकेसन आफ्नो “शिक्षामार्फत जीवन परिवर्तन” गर्ने लक्ष्य अनुरुप नेपालका विभिन्न सहरमा शैक्षिक पहुँच विस्तार गर्न दृढताका साथ अगाडि बढिरहेको पनि जानकारी दिए । उनका अनुसार ग्लोबल एजुकेसनका विश्वभरी रहेका १२ क्याम्पसमा प्रदान गरिने शैक्षिक कार्यक्रमबाट हालसम्म ६० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । यीमध्ये नेपाली विद्यार्थीलाई विदेशमा गुणस्तरीय शिक्षा र विविध सांस्कृतिक अनुभवहरू हासिल गर्न मद्दत मिलिरहेको छ ।

ग्लोबल एजुकेसनको सार्क क्षेत्र प्रमुख कुबेर कपूरले यो कार्यक्रमलाई अपूर्व सफलताको रुपमा परिभाषित गर्दै यसका नेपालस्थित साझेदार र अन्य सम्वद्ध निकायसँग सहकार्य एवं समन्वय गरी नेपाली विद्यार्थीलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको पहुँच गराउने प्रतिबद्धता व्यक्त गरे । उनले ग्लोबल एजुकेसनका विश्वभर रहेका उत्कृष्ट क्याम्पसले नेपाली विद्यार्थीको लागि उच्च शिक्षा प्राप्त गर्न मार्ग खुला गर्ने बताए ।

पार्टनर्स मिटमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को गण्डकी प्रदेश समिति अध्यक्ष सञ्जय सुवेदी, इक्यान पूर्वअध्यक्ष बिष्णुहरि पाण्डे र प्रकाश पाण्डे लगायत सहभागी थिए । ‘ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४’ नेपालमा हालसम्म आयोजित सबैभन्दा ठूलो शैक्षिक कार्यक्रम हो । यो नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने दिशामा यस मिट एक कोशेढुंगा सावित भएको छ ।

You might also like

Comments are closed.