एमएडब्लु वृद्धिले सुरु गर्यो भक्तपुरमा दिपलको नयाँ सोरुम

भक्तपुर । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले शुक्रवार भक्तपुरको राधेराधेमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धिले स्काईलाइन मोटरमार्फत यो क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो ।

नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काईलाइन मोटरका निर्देशक विशाल पान्डेले संयुक्त रुपमा दिपलको भक्तपुर सोरुमलाई उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहमा नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आर्टिफिसियल इन्टेलिजेन्ज भएका सवारीसाधनहरु नेपालमा भित्रिनु सुविधा र सुरक्षाका हिसाबले महत्वपूर्ण रहेको बताए ।

‘अब सूचना प्रविधिका क्षेत्रमा मात्र होइन अटोमोबाइलमा पनि आर्टिकफिसियल इन्टेलिजेन्स भित्रिइसकेको छ,’ उनले भने, ‘सरकारले डिजेल पेट्रोलका सवारीसाधनको आयातलाई कम गर्न र देशमा प्रचुरमात्रामा भएको जलस्रोतलाई उपयोग गर्न सवारीधान, रेल र उद्योगलाई विद्युतीकरण गर्नुपर्छ ।’

उनले समाजका सबै तप्कासम्म विद्युतीय सवारीसाधनको पहुँचलाई सहज बनाउन सरकारले काम गर्नुपर्ने पनि बताएका छन् । त्यसैगरी, एमएडब्लु वृद्धि अटोकर्पका अध्यक्ष विष्णु अग्रवालले आकर्षक डिजाइन, सुरक्षा, विश्वसनीयता र आर्थिक लाभका कारण नेपालमा विद्युतीय गाडीको लोकप्रियता तीव्र गतिमा बढिरहेको बताएका छन् ।

‘आजको दिनमा नेपालमा आयात हुने ८० प्रतिशत कार इभी हुन् । यसबाट नेपाली प्रयोगकर्तामाझ इभीप्रतिको विश्वसनीयता बढिरहेको देखिन्छ’ उनले भने । उनले चीनको सबैभन्दा पुरानो र दोस्रो ठूलो अटोमोबाइल कम्पनीलाई नेपालमा प्रतिनिधित्व गर्न पाउँदा आफूले गर्व महसुस गरिरहेको बताए । ‘६ महिनाअघि सार्वजनिक गरेयता हामीले ५५० भन्दा बढी दिपल इभी डेलिभरी गरिसकेका छौं र सबै ग्राहक यसको पर्फमेन्सबाट सन्तुष्ट हुनुहुन्छ’ उनले भने ।

स्काईलाइन मोटरका निर्देशक विशाल पान्डेले भक्तपुरमा औपचारिक रुपमा सोरुम सुरु गर्नुभन्दा पहिले नै बजारबाट राम्रो प्रतिक्रिया पाउन थालिसकेको बताए । एमएडब्लु वृद्धिले यसअघि नै पोखरामा आफ्नो अपरेसन सुरु गरिसकेको छ भने बुटवल, विरगंज, नारायणघाट, विराटनगर र विर्तामोड गरी थप पाँच सहरमा आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

You might also like

Comments are closed.