पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ उपशाखाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले विन्दुराज तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको महिला उपसभापतिमा विमला कुुमारी थापा बस्नेत, सचिवमा विष्णुुबहादुुर बस्नेत, कोषाध्यक्षमा कीर्तिराज खनाल, उपसचिवमा भक्तबहादुर केसी, उपकोषाध्यक्षमा राजकुुमार श्रेष्ठ, महिला सदस्यमा देवी तिवारी निर्वाचित भएका छन् । कार्यसमितिका सदस्यहरूमा महेन्द्रराज धमला, प्रकाश पन्थी, मनमाया लामा र कृष्ण बस्नेत रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले रेडक्रसका सात सिद्धान्तलाई आत्मसात गरी अघि बढ्नुुपर्नेमा जोड दिए । रेडक्रसको भवन निर्माणका लागि आँफू सदैव सकारात्मक भएको बताउँदै उनले वडा भित्रका हरेक विकास निर्माणमा सबैको एकतावद्ध र सामुहिक प्रयास आवश्यक भएको बताए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा – ३२ उपशाखाका सभापति किसान परियारले विपद् लगायतका हरेक गतिविधिमा उपशाखा कृयाशिल बनेको बताए । भवन निर्माण कार्यलाई निष्कर्षमा पुु¥याउन सबैको साथ र सहयोग आवश्यक हुनेमा उनले जोड दिए । तनहुँ जिल्लासँग समेत जोडिएको यस क्षेत्रमा एम्बुलेन्सको अपरिहार्य आवश्यकता रहेको उनी बताउँछन् ।
उपशाखाका पूर्व सभापति मेघराज पौडेलले उपशाखा स्थापना भए यता संस्था निरन्तर क्रियाशिल बनिरहेको बताउँदै आगामी दिनमा अझै प्रभावकारी रुपमा अघि बढ्नुुपर्नेमा जोड दिए । उपशाखा सभापति किसान परियारको सभापतित्व एवम् सचिव विन्दुराज तिवारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सहकोषाध्यक्ष विमला थापाले गरेकी हुन् । सात सिद्धान्त वाचन महिला सदस्य देवी तिवारीले गरेकी थिइन् ।
नेपाल रेडक्रस जिल्ला उपसभापति, विपद् व्यवस्थापन समितिका संयोजक एवम् निर्वाचन समितिका संयोजक उर्मिला खड्का, प्रादेशिक रक्तसञ्चार केन्द्र प्रमुख एवम् निर्वाचन समिति सदस्य अर्जुुन ज्ञवाली, जिल्ला शाखाका कर्मचारी एवम् निर्वाचन समिति सदस्य सञ्जय पौडेल, नेपाली काँग्रेस पोखरा – ३२ का सभापति कुलप्रसाद अधिकारी, नेकपा माओवादीका पार्टी प्रतिनिधि अर्जुुन मल्ल, आजीवन सदस्यद्वय बसुन्धरा पौडेल र विष्णुबहादुर बस्नेत, गोगन मा.वि. जुनियर रेडक्रस सर्कलका संरक्षक मोहनराज बराल लगायतले आफ्ना धारणा राखेका छन् ।
साधारणसभाले सचिव विन्दुराज तिवारीको प्रतिवेदन र कोषाध्यक्ष शरणकुुमार प्रधानले प्रस्तुत गर्नुुभएको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । उक्त अवसरमा उपशाखाका तर्फबाट विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
Comments are closed.