सुनको मूल्य तोलामा १४ सयले बढ्यो

काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु १४ सयले वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला रु १ लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६७ हजार ४ सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ ।

शुक्रबार प्रतितोला रु २ हजार ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु २ हजार ८५ निर्धारण भएको छ ।

You might also like

Comments are closed.