वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको ३ महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।

चालु आवको ३ महिनामा रु १ खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख ५ हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा ६ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ ।

गत आवको सोही अवधिमा रु १ खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको ३ महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो ।

३ महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ । चालु आवको ३ महिनामा वीरगञ्जबाट रु ७ अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा रु ८ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए ।

You might also like

Comments are closed.