कृष्णरत्न माविमा सचेतनामूलक कार्यक्रम

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले कृष्णरत्न माध्यमिक विद्यालय चौतारा सिन्धुपाल्चोकमा सचेतनामूलक कार्यक्रम गरेको छ ।

‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को अवसर पारेर सिन्धुपाल्चोकको यहाँका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमाझ लगानीकर्ता, शिक्षा तथा सचेतनामूलक कार्यक्रम गरिएको हो । यस कार्यक्रममा एक सय बढी विद्यार्थीको सहभागीता रहेको थियो । धितोपत्र बजारका लगानीकर्तालाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षमा जानकारी दिन कार्यक्रम गरिएको हो ।

विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो, अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो । जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकको विभिन्न पहललाई केन्द्रिकृत गर्दछ ।

कार्यक्रममा लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल भएको छ । स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको छ ।

 

 

lcci
You might also like

Comments are closed.