एउटै फार्मबाट रु २ लाख बढीको फूलमाला बिक्रि

सुशीला रेग्मी
रामपुर (पाल्पा) । एकै फार्मबाट फूलमाला बिक्रि गरेर रु २ लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाईटिकाको अवसरमा सयपत्री फूल तथा माला बिक्रि गरेर हाम्रो आधुनिक कृषि फार्मले रु २ लाख बढीको आम्दानी गरेको हो ।

पाल्पा रामपुर नगरपालिकामा रहेको यस फार्मले तिहारमा नसोँचेको आम्दानी गर्न सफल भएको छ । सयपत्री फूलले राम्रो बजार पाएको फार्म सञ्चालक दिलबहादुर थापा बताउँछन् । छोटो समयमा, कम लगानी र मेहनतमा राम्रो आयआर्जन भएपछि व्यवसायमा उत्साह थपिएको थापाले बताए । ३ दिनको अवधीमा बारीमा लगाएको सबै फूल बिक्रि गरेर सकिएको थापाको भनाइ छ ।

फूलको माग बुटवल, तानसेन, पोखरा लगायतका विभिन्न बजारबाट माग आएपनि ग्राहकको माग धेरै आएकाले बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउँछन् । बारीभरी लगाइएको फूल सकिदा पनि माग उत्तिकै आएको उनको भनाइ छ । फूलले राम्रो आम्दानी दिन थालेपछि बिगत ५ वर्ष देखि निरन्तर रुपमा व्यवसायीक खेती भइरहेको छ ।

यहाँ प्रतिकिलो फूल रु ५ सय, प्रतिमाला रु १५० मा बिक्रि भएको छ । हरेक वर्षको तिहारमा फूलमाला माग अनुसार पु¥याउन नसकिएको व्यवसायीले जनाएका छन् । यसवर्ष करिव ४ रोपनी जग्गामा लगाएको फूल सबै बिक्रि भएको छ । स्थानीय स्तरमा नै फूलले राम्रो व्यापार पाएको छ । गाउँघरमा पनि विद्यालय, विभिन्न संघको आयोजनामा लक्ष्मीपूजा तथा दिपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ ।

भाईटिकाको दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा संघ संस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खोज्न जाने ग्राहक बढेका छन् । यहाँ हरेक वर्ष २ देखि ३ लाख सम्म फूलमाला बिक्रिबाट आम्दानी हुने गरेको छ ।

lcci
You might also like

Comments are closed.