काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले पत्थरडाँडा रुपन्देहीमा टाटा एलपिओ १६२२/६२ बिएससिक्स मग्ना बस त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको छ ।
टाटा एलपिओ १६२२/६२ बिएससिक्स मग्ना १० वटा बस एक कार्यक्रमका बीच अत्याधुनिक र सुविधा सम्पन्न हस्तान्तरण गरेको हो । त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि, पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालि जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो ।
कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेश देखि दिल्ली सम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छ । समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोँच रहेको जनाएका छन् ।
टाटा एलपिओ १६२२/६२ बिएससिक्स मग्ना बसमा अत्याधुनिक प्रविधि र बिएससिक्स मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ । विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ । आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ । बिएससिक्स गाडीमा ओबिडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ ।
एससिआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ । यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ । अत्याधुनिक बिएससिक्स इन्जिन, लक्जरीयुक्त सिट र लामो दुरीका लागि विशेष रुपमा तयार पारिएका यी मग्ना गाडीले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रालि कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताए ।
साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्ने उनको भनाइ छ । यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा सहभागीले बताएका छन् ।
Comments are closed.