काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालले नेसनल युथ कन्पे्रmन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटि सम्बन्धी राष्ट्रिय युवा सम्मेलनकाको आयोजना गर्ने भएको छ ।
विगत डेढ दशकदेखि नेपालमा मोटर स्पोर्ट्स, अटोमोबाईल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टीमा क्रियाशिल नेपाल अटोमोबाईल एसोसियसन (नासा) नेपालले नयाँ अभियानको शुभारम्भ गर्न लागेको हो । युवाहरुको राष्ट्रिय संजाल युथ फर रोड सेफ्टी इन नेपालको व्यवस्थापनमा काठमाडौंमा हुने सम्मेलनमा दिगो सडक र सुरक्षित यातायात सम्बन्धि दुई दिने कार्याशाला सहितको विविध कार्यक्रम हुनेछ ।
आउँदो कात्तिक ३० र माघ १ गते काठमाडौंमा हुने सम्मेलन नासा नेपालको संयोजन, अन्तर्राष्ट्रिय फेडेरेसनको सहयोग, राष्ट्रिय युवा परिषद्को र नासा फाउन्डेसनको सहकार्यमा हुन लागेको हो । कार्यक्रममा विभिन्न प्रदेशका युवाहरुको सहभागीता रहने र विभिन्न क्षेत्रका विज्ञ, सडकविद्, सरोकारवाला निकायका पदाधिकारीको उपस्थिती रहनेछ ।
बढ्दै गइरहेको सडक दुर्घटनाको भयावह अवस्था र यसबाट हुने मानवीय, आर्थिक र भौतिक क्षतिलाई न्युनीकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले बताएका छन् । यस वर्ष हुने पहिलो राष्ट्रिय सम्मेलन आयोजनमा नासा नेपालको विशेष सहयोग रहने र कार्यक्रममा अन्तर्राष्ट्रिय वक्ताहरु, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश संघ, राष्ट्रिय युवा परिषद् समेतको उपस्थिति रहने बताइएको छ ।
कार्यक्रममा सडक सुरक्षा सम्बन्धी प्रस्तुती, छलफल सेसन, कार्यशाला तथा विभिन्न विषयको अनुसन्धान रिपोर्ट प्रस्तुत गरिनेछ । यूथ र सोसल मिडिया, मोटरसाईक्लिङ सेफ्टी तथा युवा उद्यमशीलताका सत्रहरु सम्मेलनमा विशेष रुपमा रहने नासा नेपालले जनाएको छ ।
Comments are closed.