बुटवलमा एमएडब्लु वृद्धिको आयोजनामा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ हुँदै

दिपल प्रिबजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि

बुटवल । नेपालका लागि दिपल, सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले कालिकानगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।

मेलामा इभी किन्न चाहने ग्राहकले दिपल प्रिबजेट प्राइस अर्थात ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफर अर्थात ४५ ला ४९ हजार रुपैयाँमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्ने जनाइएको छ ।

साथै, टप ३ रिकन्डिसन हाउसबाट ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँन सकिने कम्पनीले जनाएको छ ।

साथै ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’को व्यवस्था पनि गरिएको छ । दिपल, सेरेस र नामी खरिदमा ८.४९ प्रतिशतको निश्चित ब्याजदरको फाइनान्स सुविधाबाट ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्ने ग्राहकले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्नेछन् । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

 

You might also like

Comments are closed.